ओम साइ पाथीभरा हस्पिटल भद्रपुरको सौजन्यमा, बोर्ड राख्ने कार्य सम्पन्न

image आँखा संवाददाता मङ्गलबार, फागुन २३ २०७९
image

भद्रपुर २३ फागुन । भद्र्पुर ७ स्थित गायत्री  टोल बिकास सस्थाले  गायत्री मन्दिर परिसर भित्र रहेका एघार  वटा मार्गको नाम अन्कित बोर्ड राख्ने  कार्य सम्पन्न गरेको छ।

ओम साइ पाथीभरा हस्पिटल भद्रपुरको सौजन्यमा प्रदान गरिएको  बोर्ड आज एक कार्यक्रम बिच ओम साइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक कुमार पोख्रेल र भद्रपुर नगर पालिकाका प्रमुख  गणेश पोख्रेलले सयुत रुपमा समितीका अध्यक्ष  सरोज कोइरालालाई हस्तान्तरण गरीएको हो  ।

भद्र्पुर गायत्री पन्चायन मन्दिर परिसरमा सम्पन्न उक्त कार्यक्रम समितीका  अध्यक्ष सरोज कोईरालाको अध्यक्षता  ,प्रमुख अथिती ओम साइ पाथिभरा हस्पिटलका अध्यक्ष दिपक कुमार पोख्रेल र  विशिष्ट अथिती भद्रपुर नगर पालिकाका प्रमुख गणेश पोख्रेल उपस्थितीमा भएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका अध्यक्ष पोखरेलले भद्रपुर ७ मा रहेको यस अस्पतालले आफ्नो सेवा सबै नागरिलाइ सहज र सरल रुपमा प्रदान गरिरहेको र यो अस्पताल निजि भए पनि स्थानियहरुकै स्वास्थ सेवामा नाफामुखी नभएर सेवामुखी रहने बताउनु भयो । 

भद्रपुर  नगर पालिकाका प्रमुख पोख्रेलले ओम साइ पाथीभरा हस्पिटलको सेवाबाट भद्रपुर न पा का मात्र सेवाग्राही सन्तुष्ट नभएर कोसी प्रदेश भरीका बिरामी सेवालिन आएको र अस्पतालले असाहय र बिपन्न नागरिकलाई निसुल्क सहयोग सहितको स्तरिय स्वास्थ्य सेवा प्रवाह गरिरहेको बताउनु भयो ।

बिर्तामोड जस्तो सहरलाई  नरोजेर दिपक पोख्रेलले भद्रपुरलाई रोजेर अस्पताल  खोल्नु र सस्तो र सरल सुल्कमा यहाँहरु स्थानियलाई स्वास्थ सेवा प्रदान गर्नुमा ओम साइ पाथीभरालाई एक उत्कृष्ट स्वास्थ सस्थामा आफुले मुल्यांकन गरेको समेत बताउनु भयो।

समितीका अध्यक्ष सरोज कोइरालाले टोल गठन भएर मार्गको नाम राख्न आर्थिक समस्या रहेको अवस्थामा टोलको एक आग्रहमा अस्प्तालले १४ वटा नामकरण सहितको बोर्ड हस्तान्तरण गरेकोमा  हस्पिटल प्रती हार्दिक आभार  प्रकट गर्नु भयो।

कार्यक्रममा ओम साइ पाथिभरा हस्पिटलका  प्रतीनिधीहरु र गायत्री टोल बिकासका सदस्यहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको ओम साइ पाथिभरा हस्पिटलका प्रशासक मनोज दाहालले जानकारी दिनु भयो।