काठमाडौं । सरकारले संसद्मा पेस गर्ने विधेयकमा एकमतका साथ प्रस्तुत हुने सत्ता साझेदार दलहरुले सहमति गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ १० दलका शीर्ष नेताहरुको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चैत ६ गते एकमतका साथ विश्वासको मत दिने सहमति गरेको छ ।
बैठकले भोलि आइतबार हुने संसद् बैठकमा गठबन्धनमा रहेका दल एकमत साथ प्रस्तुत हुने सहमतिका साथ निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।