रेडक्रस झापाको जिल्ला सभामा तीन जनालाई स्वयम्सेवा सम्मान

image आँखा संवाददाता शनिबार, माघ २८ २०७९
image

भद्रपुर, २८ माघ । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ४९ औं जिल्ला सभा अधिवेशनमा तीन जनालाई ‘रेवतीरमण नेपाल स्वयम्सेवा सम्मान’ प्रदान गरिएको छ ।

आज रेडक्रस परिसरमा आयोजित जिल्लासभामा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा नारायण ढुंगाना, दिव्यप्रसाद भुर्तेल र तुलसी काफ्ले रहनुभएको छ । नगद रू ११ हजार, सम्मानपत्र र दोसल्ला ओढाएर मुख्यमन्त्री कार्की, पुरस्कारका संरक्षक वेदकुमारी नेपाल र रेडक्रस झापाका सपभाति लोकराज ढकालले सम्मानित गर्नुभएको थियो । कार्यक्रममा पुरस्कारको कोष बृद्धि गर्ने उद्देश्यले एक लाख ५० हजार रुपैयाँ समेत स्व.रेवतीरमण नेपालको परिवारले प्रदान गरेको थियो ।

त्यस्तै, जिल्ला धेरै रक्तदान गर्ने तीन वटा संस्थालाई प्रशंसा–पत्र प्रदान गरिएको छ । विरता लेडी जेसीज (११९ पिन्ट रगत संकलन), तेरापन्थ युवा परिसद् (१०२ पिन्ट रगत संकलन) र विराट अर्जुन उपभोक्ता सहकारी (९३ पिन्ट रगत संकलन) लाई प्रशंसा पत्र प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री कार्की, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र पुरस्कृत व्यत्तित्व दिव्य भुर्तेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

रेडक्रस झापाका सभापति लोकराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति मित्रदेव काफ्ले र सञ्चालन मन्त्री चन्द्रप्रसाद चुडालले गर्नुभएको थियो ।