राष्ट्रपति भण्डारीद्वारा १४ जनाको सजाय माफी

image आँखा संवाददाता शुक्रबार​, फागुन ५ २०७९
image

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १४ जनाको सजाय माफी गरेकी छन् ।बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पुष्कर गौतम सहितका १४ जनाको सजाय माफी गरेकी हुन् । 

नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम प्रजातन्त्र दिवसका अवसरमा सजाय माफी गरिएको राष्ट्रपति कार्यालयबाट शुक्रबार जारी गरिएको विज्ञप्ति उल्लेख गरेको छ