राष्ट्रपतिकाे विषयमा सत्तारुढ दलबीच कुनै विमति छैन : मन्त्री लिङ्देन

image आँखा संम्वाददाता आइतबार​, माघ २९ २०७९
image

काठमाण्डाै - सत्तारुढ उच्चस्तरीय संयन्त्रको बैठकले सत्ता सहकार्यलाई मजबुत बनाएर जाने निर्णय गरेको छ । आइतवार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकपछि उपप्रधान एवं ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले राष्ट्रपतिको बारेमा सत्तारुढ दलबीच कुनै विमति नरहेको दाबी गर्नुभयो । उहाँले सरकार निर्माण गर्दा भएको सहमतिलाई नै निरन्तरता दिने कुरा सत्ता गठबन्धनको अडान रहेको बताउनु भयो । उहाँले आजको बैठकमा उच्चस्तरीय संयन्त्रको बैठकलाई निरन्तरता दिने  र  अहिलेसम्म गरेका कामकाे विषयमा समीक्षा भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्म सरकारले गरेका काम कारबाहीहरुको बारेमा र आपसी समन्वयको बारेमा कहाँ के कमी कमजोरी रहेकाे छ भन्ने  विषयमा समीक्षा भयाे । आउँदाे दिनमा अझ मजबुत ढंगले सहकार्यलाई अघि बढाएर लैजाने भन्ने सहमति भएको छ ।

यस प्रकारको भेटघाटलाई कायम राख्ने र निरन्तरता दिने भन्ने सहमति भएको छ। हामीले सरकार निर्माणका क्रममा गरेको सहमति नै अहिले पनि सत्ता साझेदार दलहरुमा विमति छैन । बाहिर आएका कुरामा सत्यता छैन । रास्वपालाई पुनः सरकारमा ल्याउने बारेमा छलफल भइरहेको छ । उपयुक्त समयमा रास्वपा सरकारमा आउन सक्छ ।’

मन्त्री लिङ्देनले सत्ता साझेदार दलहरुबीच राष्ट्रपतिको विषयमा विमति भन्ने खबर बाहिर आए पनि त्यसमा सत्यता नभएको दाबी गर्नुभयाे ।