भद्रपुर निवासी जसपा सांसद सहनाज रहमानको निधन

image आँखा संवाददाता शनिबार, फागुन १३ २०७९
image

झापा / जनता समाजवादी पार्टी (जसपा)की महिला सांसदको निधन भएको छ। सांसद सहनाज रहमानको हृदयघातका कारण निधन भएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए। केन्द्रीय सदस्यसमेत रहेकी रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो ।

झापा भद्रपुर नगरपालिका- ८ निवासी ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा गएकी उनलाई हृदयघात भएको हो। रहमान महिला फोरमकी पूर्व अध्यक्ष थिइन्।