भद्रपुर । भद्रपुर १० स्थित विभूति विद्यामन्दिरको २९ औं वार्षिक उत्सवको अवसर पारेर विविध कार्यक्रम सम्पन्न गरिएको छ ।
विद्यालयको २९ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यार्थीद्वारा विविध साँस्कृतिक कार्यक्रम तथा विद्यालयका उत्कृष्ट छात्रछात्रा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम लम्सालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयको वार्षिक गतिविधि संस्थापक प्रिन्सिपल गोविन्द लम्सालले प्रस्तुत गरेका थिए ।