अग्रज साहित्यकार रेग्मीलाइ पत्नी शोक

image इश्वर अधिकारी बिहीबार, फागुन ४ २०७९
image

भद्रपुर,४ फागुन । अग्रज साहित्यकार तथा मेची वहुमुखी क्याम्पसका पूर्व प्राध्यपक चूडामणि रेग्मीलाइ पत्नी शोक परेको छ । रेग्मीकी पत्नी ८५ वर्षीय वेदकुमारी रेग्मीको विहिवार विहान निधन भएको हो ।

झापावाट प्रकाशन हुने युगज्ञान साप्ताहिकको प्रकाशक भएर उहाँ इतिहासमा अभिलेखीकरण भएकी नारी व्यक्तित्व हुनुहुन्थ्यो । उहाँलाइ अग्रणी महिला संचारकर्मीका रुपमा नारी संचारगृहले सम्मान समेत गरेको थियो ।

स्व. रेग्मीका तीन छोरा मध्ये जेठा प्रदीपमणि रेग्मी नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष हुनुहुन्छ भने अन्य दुइ छोराहरु गगनमणी र हेमन्तमणी रेग्मी निर्माण व्यवसायी हुनुहुन्छ ।

रेग्मीका तीन छोरी रचना, मालती र कोपीला हुनुहुन्छ भने नाति डा. रविन रेग्मी वालरोग विशेषज्ञ र रोशन रेग्मी इन्जिनियर हुनुहुन्छ ।