भद्रपुर झापा गोल्ड कप -आज चर्च व्याइज र मछिन्द्र भिडदै

image आँखा संवाददाता बुधबार, फागुन १० २०७९
image

भद्रपुर, फागुन १० । भद्रपुरमा जारी भद्रपुर झापा गोल्डकपको  आजको क्वार्टर फाइनल खेल चर्च ब्वाइज र गत वर्षको लिग विजेता मछिन्द्र क्लबबीच हुनेछ । मेची रंगशालाको खेल मैदानमा खेल ठिक ३ वजेवाट हुने आयोजकले जनाएको छ /

त्यस्तै हिजो भएको खेलमा संकटा क्लब काठमाडौँ  सेमिफाइनलमा प्रवेश गरेको छ ।आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो ।