लागूऔषध मुद्धामा फरार मेचीनगरका मगर पक्राउ

image आँखा संवाददाता बुधबार, फागुन ३ २०७९
image

झापा, फागुन ३ । लागूऔषध मुद्धामा फरार मेचीनगर १ का २९ वर्षिय सनत भन्ने नवराज राना मगर पक्राउ परेका छन् ।

झापा जिल्ला अदालतको  मिति २०७८ माघ २६ गते वारेन्ट पुर्जी जारी भई लागूऔषध मुद्दामा फरार मगरलाई प्रहरी चौकी तिरिङ खोलाबाट खटिएको प्रहरी टोलीले उनकै गाउँघरमा लुकिछिपि बसिरहेको अवस्थामा माघ २८ गते पक्राउ गरेको थियो ।

अदालतमा उपस्थित गराएकोमा बुधवार अदालतको आदेशले पुर्पक्षको लागि कारागार पठाइएको डीएसपी खगेन्द्र रिजालले जानकारी दिएका छन् ।