हाम्रो देशमा आज सम्म जुन परिवर्तनहरु आएका छन्, यी सबै परिवर्तनहरुमा मिडिया याने सञ्चार माध्यमको सधैं महत्त्वपूर्ण भूमिका रहने गरेको छ । देश भित्र हुने हरेक परिवर्तन वा उथलपुथलमा सञ्चार माध्यम मेरुदण्डको रुपमा उभिने भएकोले नै होला, सञ्चार माध्यम अथवा पत्रकारितालाई राज्यको चौथो अंग मानिन्छ ।
सञ्चार माध्यम आवाज बिहीन नागरिकहरुको आवाज हो । स्वतन्त्र र निस्पक्ष भएर समाचार सप्रेषण गर्नु सञ्चार माध्यमको धर्म नै हो । यसो भन्दै गर्दा, मिडियाले हरेक अवस्थामाअदालली शैलीमा सही र गलतको वकालत मात्र गरिरहेको हुँदैन ।
कुनै विशेष अवस्थावा समयमा, मिडिया सही र गलत भन्दा माथि उठ्न सक्नु पर्छ । किनभने कहिले काही के सही र के गलत भन्दा पनि, ’के सबै भन्दा आवश्यक छ’ भन्ने कुरा देशका आम नागरिकका लागि धेरै महत्वपूर्ण हुन आउछ ।
एउटा देश भक्त पत्रकारले देश भित्रका हरेक अवस्थावा परिस्थितीलाई विद्यमान कानुनको तराजुमा राखेर मात्र समाचार बनाउदैन, उसले समाचार बनाउदा, देश र आमजनताको हितलाई केन्द्रमा राखेर समाचार बनाएको हुनुपर्छ ।
सँच्चा पत्रकारले समाचार बनाउदा प्रकाशक हैन, आफ्नो अन्तर आत्माको आवाजलाई सुन्ने गर्छ । एउटा आमनागरिकको आँखा बाट हेर्दा, कहाँ नहुन पर्ने कुरा भयो र कहाँ हुनपर्ने कुरा भएको छैन भन्ने तथ्यलाई औंल्याई दिनु एउटा सँच्चा पत्रकारको कर्तव्य हो । देश तथा समाजमा शान्ति र सुव्यवस्था कायम गर्ने सवालमा सञ्चार माध्यम एउटा पहरेदार हो ।
खैर, कुनै व्यक्तिले पत्रकारको परिचय पत्र पाउँदैमा ऊ चौथो अंगको सम्मान योग्य बन्न सक्दैन । सञ्चार माध्यमलाई त्यतिकै राज्यको चौथो अंगभनेर सम्मान गरिएको हैन ।
यो सम्मान त उसले देश र आमनागरिक प्रतिको उसको सेवा र कर्तव्यबाट आर्जन गरेको हो । पत्रिका प्रकाशकका लागि पत्रिका प्रकाशन पैसा कमाउने व्यवसाय हुनसक्छ । तर पत्रिकामा कामगर्ने सम्पादक तथा संवाददाताहरुका लागि पत्रकारिता एउटा पेसा मात्र हैन, धर्म पनि हो ।
तर हिजो आजतपाईं हामी जस्ता आम मानिसलाइ पत्रकारिताको रुप, चरित्र र धर्म फेरिएको महसुस हुनथालेको छ । राज्यको चौथो अंगको रुपमा प्राप्त गौरव र गरिमालाई कतिपय मिडिया र पत्रकारहरुले कलङ्कित तुल्याउन थालेका छन् ।
अधिकांश सञ्चार माध्यमभित्र सामाजिक उत्तरदायित्व हराउदै गएको छ । पत्रकारिता राजनीतिक प्रचारबाजीको एउटा साधन बनेको छ । वर्तमान समयमा यो अझ धेरै व्यापारमूखी, उत्तेजनापूर्ण र पूर्वाग्रही बन्दै गएको हामी सबैले महसुस गर्दै आएका छौँ । अधिकांश मिडिया हाउसहरु निहित स्वार्थ र समूहबाट सञ्चालित छन् भन्ने कुरा तपाईं हामी कसैबाट छिपेको छैन ।
वरिष्ठ पत्रकार तथाअधिवक्ता बालकृष्ण चापागाईं स्वयमले केहीवर्ष पहिलाआफ्नो एउटा लेखमा लेख्नु भएको थियो ’स्वतन्त्रता, निष्पक्षता, धैर्यता, वस्तुगत, सन्तुलन जस्ता मान्यताहरु विज्ञापनको टोकरीमा फालेर आग्रह, पूर्वाग्रह र स्वार्थहरु समाचारको टोकरीबाट झिकेर हामी छाती फुलाएर कलम चलाइरहेकै छौं ।
जीवन्त चलिरहने यस पेसामा विषादी भर्ने काम सञ्चार सस्थाका सञ्चालक र पत्रकारहरुबाटै भएका छन् । पीतपत्रकारितालाई नियन्त्रण गर्न कानुन, आचारसंहिता बने पनि हामी त्यसको ख्याल गर्दैनौं । हामीमा घमण्ड छ, किन कि हामी पत्रकार हौं ।’
विडम्बना नै भनौँ, पत्रकारिताको स्तरमा सुधार आउनुको बद्ला, यो अझ धेरै कलङ्कितबन्दै गएको देखिन्छ । शायद, केहीदिनपहिला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेजीले विभिन्न सञ्चार समुहतथा सञ्चारकर्मीहरुका बारेमा दिएको प्रतिकृया, हाम्रा सञ्चार माध्यम तथा पत्रकारितामा आएको क्षयीकरणको उपज नै थियो भन्दा अतियुक्ति नहोला ।
रविजीको मिडिया प्रतिको आक्रोशका बारेमा बहस गर्न सकिन्छ । उनमा सम्यमताको अभाव देखिएकै हो । तर यो भन्दा पनि पहिला बहस गर्नु पर्ने बिषय – के हाम्रो देशका ठुला मिडिया हाउसहरु साँच्चिकै निष्पक्ष छन् त ? रविको सम्यमताको बाँध तोड्ने काममा हाम्रा मिडियाहरु पनि जिम्मेवार छैनन् र ?
रवि लामिछाने एउटा पक्का नेपाली नागरिक हुन् । उनी बाट केही कमिकमजोरीहरु भए तर ति कमजोरीहरु नियतबस भने भएका थिएनन् । उनको नियत खराब भएको हुन्थ्यो भने त्यस्ता सामान्य कमजोरीहरु उनले पहिलेनै सँच्याइ सकेका हुने थिए । खैर, उनले प्रयोग गरेको नागरिकतामा केही प्रकृयागत त्रुटि देखिएकाले अदालतले उनलाई नयाँ नागरिकता लिन आदेस दियो, साथै उनलाई मन्त्री तथा पार्टी अध्यक्षको भूमिका बाट पनि हटायो ।
अदालतको आदेस पछि भलै उनलाई पर्सि पल्टै उही नम्बर र मिति राखिएको नयाँ नागरिकता प्राप्त भयो, तर यसले सिर्जना गरेका अन्य गम्भीर प्रतिकूल परिस्थितिको सामना भने उनले गरिरहेकै थिए, छन् ।
यो दौरानमा उनलाई विभिन्न सञ्चार समुहहरुले यसरी लखेटिराखेका छन्, मानौ उनी एउटा ठुलो अपराधी वा देशद्रोही हुन् । आज जसरी विभिन्न सञ्चार समुहहरु मिलेर रवि लामिछानेलाई लखिटिराखेका छन्, यसै गरेर आयल निगमको जग्गाखरिद प्रकरण, कोभिडको औषधिखरिद प्रकरण, वाइडवडी जहाज खरिद प्रकरण, मधेश प्रदेशको साइकल खरिद प्रकरण, हयात जग्गा प्रकरण, ललिता निवास जग्गा प्रकरण, नेपाल ट्रष्टको जग्गा भाडामा दिदा भएको कमिशनको खेल लगायतका ठुला ठुला भ्रष्टाचार र अनियमिततामा मुछिएका सबै भ्रष्टहरुलाई लखेट्न सकेका भए, आज ती सबै भ्रष्टहरु जंगलको धुर्वे हात्तीजस्तै छाडा भएर घुम्नुको बद्लामा जेलको हावाखाँदै गरेका हुनेथिए ।
अहिले के स्पष्ट छ भने, केही निष्ठावान राष्ट्रसेवक र मिडियाकर्मीहरुलाई छोडेर, अदालत देखी हाम्रा मिडिया हाउस सम्म देश र आम नागरिकका पक्षमा नभएर राजनीतिक दल र तिनका नेता तथा विभिन्न व्यपारी तथा बिचौलियाहरुको पक्षमा काम गर्दछन् । उनिहरु राजनीतिक दल तथा तिनका नेताहरुको स्वार्थ अनुरुप सरकार बनाउने र गिराउने खेलमा सामेल हुन्छन् । भित्रभित्रै उनिहरु आफुलाई असलीकिङ्ग मेकर ठान्दछन् ।
ठुला मिडियाको यस्तो हाउगुजी फैलिएको अवस्थामा, केही महिना पहिलामात्र मिडिया क्षेत्रमा नै काम गरेर व्यापक लोकप्रियता हासिल गरेको एउटा सामान्य युवक एकाएक राजनीतिमाआएर नयाँ पार्टी खोल्छ, चुनावमा भाग लिन्छ, र अप्रत्याशित सफलता हासिलगर्दै एकैचोटी देशको उपप्रधान तथा गृहमन्त्री बन्न पुग्दा – ऊ नेपालका ठुला ठुला मिडिया हाउसहरुको आँखाको कसिङ्गर बन्नपुग्यो ।
भ्रष्टाचारी, दलाली र बिचौलियाहरु संगको साँठगाँठमा सधैं मनोमानी गर्न पल्केका सबैको सास रोकियो । त्यसैले आज नेपालका प्राय सबै नामचलेका मिडियाहरु उसलाई अपराधी घोषित गर्न र सजाय दिलाउनआतुर देखिन्छन् ।
हो, रवि अपराधी हो, किनकी उसले देश विदेशमा रहेका तमाम शोषित, पीडित, अन्यायमा परेका आम नागरिकहरुको पक्षमा निडर बनेर निरन्तर कामग-यो । दुर्गम कालीकोटमा अस्पातल खोलेर रविले अपराध ग-यो । सप्तरीका बाढी पीडित मुसहर परिवारहरुकालागि घर बनाएर रविले अपराधग-यो ।
आवाजविहीन र साहरा बिहीनहरुका लागिआवाज र साहरा बनेर रविले अपराध ग-यो । रविले, मलाई नामकमाउन रहर छ, तर म सत्कर्म गरेर नाम कमाउन चाहान्छु भनेर पनि अपराध ग-यो ।
गृहमन्त्रीका रुपमा पुग नपुग एक महिना काम गर्दा, रविले अबैध क्रसर उद्योगहरु बन्द गरे । विभिन्न बहानामा घरको कामदारका रुपमा प्रगोग गरेर राखिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाए ।
वर्दी संगका प्रहरीलाई नेताहरुसंगको भेटघाटमा रोक लगाए । प्रहरीको सरुवाअथवा बढुवामा पैसाको चलेखेल हैन, कार्यसम्पादनका आधारमा मात्र गरिने सिस्टम बसाले । सिंहदरबार आमनागरिकहरुका लागि पनि खुलाहुने बन्दोबस्त मिलाए । ३०–३१ दिन गृहमन्त्रीका रुपमा काम गर्दा, देशका आमनागरिकहरुलाई यो देशमा सरकार छ भन्नेकुराको अनुभुति मात्र दिलाएनन्, उनले हरेक नागरिकको मनमा एउटा आशा, भरोसा र विश्वास पनि जगाए ।
यी सबै राम्राकाम गरेर रविले साँच्चिकै अपराध गरेको छ । खैर, रवितिमीले यतिका धेरै अपराध गर्यौ, एउटा अर्को अपराधपनि गर – तिमी विचलित नबन । तिमीवीर थियौ, छौ र सधैं रहिरहनु ।
तिमीजुन बाटोमा हिडिराखेको छौ, त्यो बाटोमातिमीलाई रोक्न खोज्ने, छेक्न खोज्ने, खुट्टातान्नवा लडाउन खोज्नेहरु धेरै भेट्टिने छन्, भेट्टिरहने छन् । तिमीले ती सबै बाधा, विघ्न तथा चुनौतीहरुलाई नडगमगाइकन, विचलित नभैकन सामना गर्न सक्नु पर्छ । तिमी राम्रो कामगर्ने अपराध सधैं गरिराख, आमजनताले तिमीलाई सधैं न्यायगर्ने छन् ।
रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)