स्वास्थ्य मन्त्रीद्धारा मेची प्रादेशिक अस्पताल भद्रपुरको निरीक्षण  

image इश्वर अधिकारी बिहीबार, माघ १९ २०७९
image

झापा । भद्रपुरको प्रादेशिक अस्पतालमा वुधवार प्रदेश एककी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले निरीक्षण तथा अनुगमन गर्नुभएको छ ।

स्वास्थ्य मन्त्री भएपछि जिल्ला भ्रमणमा निस्कनु भएकी मन्त्री लिम्बूले वुधवार अस्पताल सँगै स्वास्थ्य कार्यालय, झापाको पनि निरीक्षण गरेको जनाइएको छ ।

अस्पताल आउँदा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर टंक प्रसाद वाराकोटीले अस्पतालको वारेमा जानकारी गराउनुभएको थियो । मेची अंचल अस्पतालवाट प्रदेशले हेर्ने गरी प्रादेशिक अस्पताल नामाकरण भएको यस अस्पतालमा दरवन्दी र वेडहरु थप गरिएको छ ।

तर प्रादेशिक अस्पताल वनाइए पनि दुरावस्था उस्तै रहेको गुनासो वढे पछि मन्त्रीले अनुगमन निरीक्षण गरेको जनाइएको छ ।