भन्सार छलेर ल्याएको कुरमुरे बरामद

image आँखा संवाददाता शुक्रबार​, फागुन ५ २०७९
image

झापा ।  प्रहरीले भारतबाट भन्सार छलेर ल्याएको ४९ वटा कुरमुरेको प्याकेट बरामद गरेको छ ।

प्रहरी चौकी शरणामतीबाट खटिएको प्रहरीको टोलीले जिल्ला झापा, झापा गाउपालिका-७ सिमलबारीमा भारतबाट अवैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको ४९ प्याकेट कुरमुरे बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र प्रसाद रिजालका अनुसार सोही स्थानबाट भन्सार छलेर ल्याइएको ७० केजी चिनी, दश  प्याकेट विडी समेत बरामद भएको छ ।

बरामद भएको सामानको अनुमानित बजार मुल्य १० हजार ५६० रहेको प्रहरीले जनाएको छ । बरामद सामान भद्रपुर भन्सार कार्यालय झापामा वुझाइएको   डिएसपी रिजालले बताउनुभयो ।