भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघको बार्षिक साधारण सभा सम्पन्न

image आँखा सम्वाददाता आइतबार​, फागुन ७ २०७९
image

काठमाडौँ – भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघ, काठमाडौँको सातौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ ।

संघका अध्यक्ष चन्द्रबहादुर लामिछानेको सभापतित्वमा शनिवार काठमाडौँमा आयोजित उक्त  कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख अतिथि  प्रतिनिधि सभा सदस्य कृष्णगोपाल श्रेष्ठ रहनुभएको थियो । यसैगरी विशिष्ट अतिथि काठमाडौँ महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य, नेपाल राष्टिय व्यववसायी महासंघका अध्यक्ष कुमार कार्की रहनुभएको थियो । 

सातौँ बार्षिक साधार सभा तथा चौथो अधिबेशनबाट नयाँ कार्यसमिति समेत चयन भएको छ । नेपाल व्यापार संघका अध्यक्ष हरि गौतम निर्वाचन प्रमुख रहनुभएको समितिले २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

निवार्चनबाट अध्यक्षमा कुशुम महर्जन, बरिष्ठ उपाध्यक्षमा विणुप्रसाद गौतम, शिव बहादुर कुवर केसी, विजुरच्न बज्रचार्य, धनश्याम नेपाल, जकिर हसेन अन्सारी, राजेश कुमार दाश निवार्चित हुनुभएको छ  ।

यसैगरी महासचिवमा मिलन शर्मा, कोषध्यक्षमा राज कुमार केसी, सचिवमा बसन्त कुमार थापा मगर, ज्ञानुरत्न महर्जन रहनुभएको छ भने सह कोषध्यक्षमा आशिष तामाङ रहनुभएको छ । यसैगरी ११ सदस्यमा क्रमश सैफ अन्सारी, जमुना आचार्य, अनुप बल, अर्जुन अछामी, रमेश गुप्ता, पुष्पराज ढुंगाना, अनिता सापकोटा नेपाली, विष्णु शिवाकोटी, सुनिल पोखरेल, अरुणा श्रेष्ठ, मन्जु महर्जन रहनुभएको छ ।

नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई निर्वाचन संयोजक तथा नेपाल व्पायार संघका अध्यक्ष हरि गौतमले सपथ खुवाउनुु भएको थियो । 

निर्वाचन समितिमा नेपाल व्यापार संघका महासचिव दिपक सापकोटा तथा अर्जुन चाैलागाइको सकृय सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि कृष्णगोपाल श्रेष्ठले आफ्नै देशको माटोमा व्यवसायीहरुले गरेको परिश्रमको प्रशंसा गर्नु भएको थियो ।

शुभकामना मन्तव्य राख्दै निर्वाचन संयोजक तथा नेपाल व्यापार संघका अध्यक्ष हरि गौतमले दोहोर कर, बैंकहरुको चर्काे ब्याजदर, घरधनीहरुको सम्झौता लगायतका विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।