रोटरी क्लब अफ भद्रपुरद्धारा अपाङ्गता भएका एकजनालाई ह्वील चेयर प्रदान

image आँखा संवाददाता मङ्गलबार, माघ १७ २०७९
image

भद्रपुर /रोटरी क्लब अफ भद्रपुरले अपाङ्गता भएका एकजनालाई ह्वील चेयर प्रदान गरेको छ। नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रको आश्रयस्थलमा रहेका एक व्यक्तिलाई रोटरीले मंगलबार ह्वील चेयर प्रदान गरेको हो।

रोटरी क्लबका अध्यक्ष ईश्वर अधिकारी सहितको टोलीले अपाङ्ग संघद्वारा सञ्चालित प्रदेश स्तरीय

अपाङ्गता आश्रयस्थलमै पुगेर ह्वील चेयर हस्तान्तरण गरेको हो। त्यस अवसरमा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रका निवर्तमान अध्यक्ष धनजुजु श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाका सभापति गोपाल गिरी, रोटरी क्लब अफ भद्रपुरका सचिव पवन श्रेष्ठ लगायतको उपस्थिति थियो।