ओम साई पाथिभरा हस्पिटलमा लेजर सर्जरी सेवा

image आँखा संवाददाता सोमबार, माघ १६ २०७९
image

भद्रपुर १५ माघ। भद्रपुर स्थित ओम साइ पाथिभरा हस्पिटल प्रा लि ले आफ्नो चौधौ वार्षिक उत्सबको अवसरमा अस्पतालमा नयाँ सेवा थप   गरेको छ ।

अस्पतालले  बिश्वस्तरीय  फाइबर लेजर मेसिनबाट किडनीमा  रहेको ढुङ्गा , पिसाब नलीमा रहेको ढुंगा , पिसाब थैलीमा रहेको ढुङ्गा ,प्रोस्टेटको  अप्रेसन नचिरिकन र प्वाल नपारिकन  गरिने लेजर सेवा  सुचारु  गरिएको  हो ।

लेजर  मेसिनद्वारा  सेवा सुरु गरेपछि यो सेवा धेरै जनमानसमा पुगोस भन्दै अब किडनि स्टोनका बिरामीले  यस्ता उपचारको  लागि   धेरै खर्च  गरेर अन्यत्र जानु पर्ने बाध्यताको अन्त्य भएको र सरल सुल्कमै यस प्रकारका सबै अप्रेसनहरु  यसै अस्पतालमा  हुने अस्पतालका अध्यक्ष  दिपक कुमार पोख्रेलले बताउनु भयो ।

२०६६ साल बाट सुरु भएको यस अस्पतालले आफ्नो सेवा प्रारम्भ सगै आइसीयु ,डायलासिस ,  ल्याप्रोस्कोपिक सर्जरी , न्युरो  सर्जरी ,नाक कान घाटी, सर्जरी  अर्थोपेडिक  सर्जरी ,गाइने  सर्जरी  र डेण्टल   सर्जरी  र बिसिस्ट मेडिसिन सेवा दिदै आएकोमा  केहि वर्ष अगाडी देखि  पिसिएनएल , टर्ब, युरोलोजी ,युआरएसल सेवा  दिदै आएका थियौ  हाल आखाको उपचार समेत  सुरु भैसकेको र  हस्पिटल चौधौ वर्ष प्रवेश गरे संगै बिश्व स्तरिय उपचार पद्दतिलाई यस क्षेत्रमा रहेका सब जनमानसको स्तरमा  पहुच रहोस रहोस भन्ने हेतुले  यो बिसिस्ट  लेजर उपचार  सल्यक्रियाका  खर्चिलो अवस्था , लामो गन्तब्य र   टाढा जानु पर्ने बाध्यतालाइ  अन्त्य गर्दै सरल सहज र स्तरिय   सल्यक्रियाका सुरु भएको समेत जानकारी दिनु भयो । 

उहाले  सबै सेवा  नेपाल सरकार द्वारा प्रायोजित  स्वास्थ्य बिमा कार्यक्रमबाट  पनि सेवाग्राहीले उपचार पाउने    बताउनु भयो । अस्पतालका कन्सेल्टेण्ट ल्याप्रोस्कोपिक  तथा युरोलोजी सर्जन डा सशी  सिंहका  अनुसार यो २१ औ सताब्दीको  बिश्व स्तरिय लेजर प्रबिधि RIRS को  लेजर मेसिन बाट नचिरिकन कुनै प्वाल नपारी किड्नीमा  रहेको ढुंगा ,पिसाब नलिमा रहेको ढुंगा , प्रोस्टेटको अप्रेसन गरिने हुँदा  सबै उमेरका बिरामीहरुले  यो नया प्रबिधीको उपचारबाट लाभान्वीत हुने बताउनुभयो।