मन्त्रिपरिषदले ढिलोमा शुक्रबारसम्म पूर्णता पाउने

image आँखा सम्वाददाता बुधबार, पौष २७ २०७९
image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट फर्किएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । 

गोरखा महोत्सवलाई सम्बोधन गरेर काठमाडौं आइपुगेका उनी सत्ता साझेदार प्रमुख घटक एमालेका अध्यक्ष ओलीसँग संघीय मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल गर्न पुगेका हुन् ।

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भइसकेको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ ।

संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकारअनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँट हुनेछ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालय नफुटाउने सहमति भइसकेको छ । केही राज्यमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषदले ढिलोमा शुक्रबारसम्म पूर्णता पाउने नेताहरुले बताएका छन् ।