यो समयलाई क्षेत्र नम्बर तीनको स्वर्णकाल बनाउन सकिन्छ-उपप्रधानमन्त्री लिङ्देन

image आँखा संवाददाता आइतबार​, माघ ८ २०७९
image

भद्रपुर/ उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनले झापाको ३ नं. क्षेत्रमा स्वर्णिम युग सुरू हुने उद्‍घोष गर्नुभएको छ।२८५९ औं सोनाम ल्होछार शुरु भएको अवसरमा झापाको भद्रपुर २ मा पर्ने कमलधापस्थित संयुक्त धार्मिकस्थलमा आइतबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री लिङ्देनले त्यस्तो उद्‍घोष गर्नुभएको हो।

आजबाट २८५९ औं सोनाम ल्होछार शुरु भएको छ । हरेक वर्ष एक-एक वटा जनावर तथा चराचुरुंगीको नाममा फेरिने ‘ल्हो’ अर्थात् वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको बर्ष हो ।
उपप्रधान तथा राप्रपाका अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्य एवम् १ नं प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाको विशिष्ट आतिथ्यमा त्यहाँको पद्मछोयोलिङ गुम्बामा धार्मिकसभा आयोजना गरिएको थियो । मन्त्री मण्डलमा समावेश पछि पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आउनु भएका
कार्यक्रमका प्रमुख अतिथि लिङ्देनले औपचारिक कार्यक्रममा सहभागिता जनाउँदै पूर्वाधार विकास र कृषिको क्षेत्रमा विशेष काम गर्न सकिन्छ र यसका लागि स्थानीय अगुवाहरूले विना पूर्वाग्रह अग्रणी भूमिका खेल्नुपर्छ -उहाँले भन्नुभयो।

गुम्बा अध्यक्ष सुभाषचन्द्र थिङको सभापतित्वमा पूर्ववर्ती सबै कार्यसमितिका सदस्यहरूलाई सम्मान र तामाङ जातिको सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको सो कार्यक्रममा चन्द्र तामाङले सोनाम ल्होछारबारे प्रकाश पार्नुभएको थियो भने उपाध्यक्ष आशा तामाङले स्वागत र रुद्र तामाङ एवम् भानु तामाङले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।