झापा । आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा । सरस्वती पुजा आज विविध कार्यक्रम आयोजना गरी मनाईदै छ । यसैगरी आज सरस्वती पूजाको दिन विभिन्न स्कूलहरूले विभिन्न कार्यक्रमको आयोजना गरि भव्यताका साथ सरस्वति पूजा मनाएका छन् ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन सरस्वतीको पूजा तथा आराधना गर्दा ज्ञान, विद्या तथा बुद्धि बढ्ने जनविश्वास रहेको छ । विद्यालय नपठाईएका साना बालबालिकाहरूलाई यही दिनदेखी अक्षराम्भ गराउने प्रचलन छ ।
यो दिन बालबालिकाहरूलाई लेखपढ गर्न सिकाए उनीहरूले राम्रो विद्याआर्जन गर्ने धार्मिक विश्वास रहेको छ ।
यसैगरी सरस्वती पूजाको अवसरमा स्थानीय विद्यालयहरुले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ सरस्वती पूजा मनाएका छन् । नगरका विद्यालयहरुले सरस्वतीपूजाको भोलीपल्ट नजिकै रहेको नदीमा लगि मूर्ति विसर्जन गर्ने प्रचलन रहेको छ ।