प्रेस सेन्टर नेपाल झापाले मनायो आफ्नो संगठनको स्थापना दिवस

image आँखा संम्वाददाता आइतबार​, माघ १५ २०७९
image

झापा / प्रेस सेन्टर नेपाल झापाले संगठनको स्थापना दिवस मनाएको छ । प्रेस सेन्टर झापाले आइतवार बिर्तामोडस्थित गौरीशंकर प्रतिस्ठानमा संगठनको १९ औं स्थापना दिवस मनाएको हो । 

प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य लीलाराज झापालीको प्रमुख आतिथ्य रहेको थियो ।

स्वागत संगठनका झापा सह–सचिव सन्तोष शर्माले गरेको कार्यक्रममा प्रमुख अतिथि झापालीले संगठनलाई चलायमान बनाउन आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन संगठनका झापा सचिव उद्धव पुरीले गरेका थिए । 

कार्यक्रममा प्रेस सेन्टर नेपाल झापाका कोषाध्यक्ष पुष्प खड्का, सदस्य होमप्रकाश अधिकारीलगायतको उपस्थिति रहेको थियो ।