प्याब्सन झापाको जिल्ला स्तरीय साँस्कृतिक कार्यक्रम सम्पन्न

image आँखा संवाददाता सोमबार, पौष २५ २०७९
image

भद्रपुर । ३२ औ प्याब्सन दिवशको अवसर पारेर झापा प्याब्सनले भद्रपुरमा सञ्चालन गरेको जिल्ला स्तरीय बृहद साँस्कृतिक प्रतियोगिता सम्पन्न भएको छ ।

पौष २४ र २५ गते गरी दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्य बीच प्रतिष्पर्धा गर्दै महानायक राजेश हमालको विशेष प्रस्तुति सहित साँस्कृतिक कार्यक्रम सम्पन्न भएकोे हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै महानायक हमालले प्रजातन्त्रको पुनःस्थापनपछि नेपालको शिक्षाले उन्नतशील हुने अवसर पाएको भन्दै यस वातावरणका लागि निजी लगानीमा सञ्चालित विद्यालयहरूको योगदान अविस्मरणीय रहेको बताए ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल, प्याब्सन नेपालका सल्लाहकार गोविन्द लम्साल लगायतले धारणा राख्दै नेपालको गुणस्तरीय शिक्षाको विकासमा संस्थागत विद्यालयको योगदान अविस्मरणीय रहेको बताएका छन् ।

प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्र कार्कीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमा झापाका १५ वटै पालिकाका संस्थागत विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक कर्मचारी लगायत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । अनुसार प्रतियोगितामा नृत्यका ३९ र गायनका ३९ प्रतिष्पर्धी बीच प्रतियोगिता सम्पन्न भएको छ ।