एकैदिन ६ ठाउँमा अवैध औषधी र सामान बरामद

image आँखा संवाददाता शनिबार, माघ ७ २०७९
image

झापा, माघ ७ । भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको औषधीसहित विभिन्न सामान प्रहरीले बरामद गरेको छ ।

शनिवार विहान ६.४५ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नं. ६ मेची खोलामा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी मूल्य रू ७० हजारबराबरको औषधी नियन्त्रणमा लिएको हो । ती औषधी आवश्यक कार्वाहीको लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय बिराटनगर बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै शुक्रवार राति ९.३० बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नं. ६ बसपार्क छेउमा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अन्दाजी मूल्य रू.५०हजारबराबरको किराना सामान नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै शनिवार बिहान ६.३० बजेको समयमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दमक वडा नं. ७ पशुहाट डाँडामा भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली ल्याएको अन्दाजी मूल्य रू.१ लाख ५०हजारबराबरको १३५ जोर जुत्ता नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

त्यस्तै शनिवार बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी महारानीझोडाबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरादह वडा नं. ४मिलन चौकमा अन्दाजी मूल्य रू. २८ हजारबराबरको ७ बोरा अवैध चिनी ,४ हजार मूल्य बराबरको २ कार्टुन बिडी नियन्त्रणमा लिएको छ । त्यस्तै शनिवार बिहान ९.३० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नं.६ जेसिका ठ्याकमा अन्दाजी मूल्य रू.५० हजारबराबरको थानको कपडा नियन्त्रणमा लिएको छ ।

त्यस्तै शनिवार बिहान ११.४० बजे जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भद्रपुर वडा नं. ७ गार्मेन्ट चोकमा अन्दाजी मूल्य रू. ३१हजार ५०० बराबरको ७ बोरा मैदा नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालय झापामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले बताए ।