बैङ्ग तथा वित्तिय सस्थाको चर्को व्याजदर एक अङ्कमा कायम हुनुपर्ने नेपाल व्यापार सघको माग

image आँखा सम्वाददाता सोमबार, माघ ९ २०७९
image

माघ ९ भक्तपुर । नेपाल व्यापार सघको पुर्ण  कार्य समितिको बैठकले बैङ्ग तथा वित्तिय सस्थाको चर्को व्याजदरका कारण व्यवसाहीहरु नै पलायन हुने स्थिती आएको भन्दै कर्जा व्याजदर एक अङ्कमा कायम हुनुपर्ने माग राखेको छ ।

बैठकले भन्सार दरबन्दी महंगीको कारण बजार मुल्य बढन गएकाले भन्सार दरबन्दी घटाउनुपर्ने , बैकले प्रदान गर्दै आएको सहुलियत कर्जा १५ लाख बाट बढाएर २५ लाख सम्म पुरयाउनुपर्ने , स्वदेशी उत्पादनलाई बढावा दिन कच्चा पदार्थ आयातमा सहु्लियत प्रदान गर्नु पर्ने , व्यापारिक क्षेत्रमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्न प्रत्येक स्थानिय पालिका मार्फत पहल सुरु गर्नु पर्ने लगायतका मागहरु राखेको छ ।  

त्यसैगरी बैज्ञानिक भाडा दर लागु गर्नुपर्ने , चिनिया नाकाहरुमा नेपाली व्यवसाहीलाई सहज आवातजावत गर्ने वातावरण बनाइनुपर्ने लगायतका १२ बुदेँ माग राखिएको छ । 

सघको आज भक्तपुरमा बसेको पुर्ण कार्य समिति बैठकले प्रदेश कमिटि गठन गर्ने , बृहत बनभोज कार्यक्रम आयोजना गर्ने तथा सघको आगामी रणनीतिबारे समेत छलफल तथा निणर्य गरेको अध्यक्ष हरी गौतमले जानकारी दिनु भयो ।

नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको निजि क्षेत्रको चौतर्फी विकासका लागि नयाँ गठन भएको सरकारले भुमिका खेल्न सक्नुपर्ने अपेक्षा सघको बैठकले राखेको छ ।