भद्रपुर नाकाको स्तरोन्नतिको लागि उपप्रधानमन्त्री लिड्गदेनसँग उधोगीहरुको ध्यानाकर्षण

image आँखा संवाददाता मङ्गलबार, माघ १७ २०७९
image


भद्रपुर । उपप्रधानमन्त्री राजेन्द्र लिड्गदेन समक्ष झापाका उधोगी व्यवसायिले भेट गरी सीमा नाकामा उत्पन्न समस्या र चिया निकासीमा भारत सरकारले लिएको नीतिका वारेमा ध्यानाकर्षण गराएका छन । 
भद्रपुर छेउ मेची नदीमा पुल वनेपछि सो पुल भएर हुने आयात निर्यात सहज गर्न तथा नेपाली चियालाइ भारत लैजान भइरहेको व्यवधानका विषयमा जानकारी गराइएको नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदिपमणी रेग्मीले जानकारी दिनुभयो ।

उर्जा मन्त्री समेत रहनुभएका लिड्गदेन समक्ष उधोगी व्यवसायीहरुले कृषिमा दिएको विध्युत अनुदान प्रदान गर्न पनि माग गरेका थिए । भेटघाटका अवसरमा उधोगीहरु चण्डिप्रसाद पराजुली, राजेन्द्र सिंह राजवंशी, झापा उध्योग संघका अध्यक्ष यमवहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता लगायत हुनुहुन्थ्यो ।

उपप्रधानमन्त्री लिड्गदेनले उधोगी व्यवसायीको समस्या प्रति आफु सकारात्मक रहेको र भद्रपुर नाकाको स्तरोन्नतिको लागि पहल गर्ने वताउनुभएको अध्यक्ष रेग्मीले आँखालाइ जानकारी दिनुभयो