झापा / सरकारले ७० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । शुक्रबार गृह मन्त्रालयले विभिन्न जिल्लाका सिडिओ, सहायक सिडिओसहित ७० जनाको काज सरुवा गरेको हो ।
गृह मन्त्रालयका अनुसार झापामा शिवकुमार पोखरेल आउनुहुने भएको छ । उहाँ गृहमन्त्रालयमा सहसचिव हुनुहुन्थ्यो । विराटनगर निवासी उहाँले यस अघि पाँचथर र मोरड्ग जिल्लाको स्थानीय विकास अधिकारी पदमा जिम्मेवारी सम्हाली सक्नुभएको छ । झापा भने उहाँको पहिलो आगमन हो ।
झापाका प्रजिअ छविलाल रिजाल भने तनहुँको प्रमुख जिल्ला अधिकारीमा सरुवा हुनुभएको छ ।