हल्दिबारीमा ९ बिगाह धानको कुन्यु आगलागीबाट नष्ट

image आँखा संवाददाता शनिबार, पौष २३ २०७९
image

झापा , पुष २३ । गएराति झापाको हल्दिबारी ४ काजली बजारनजिक करिब ९ बिगाह क्षेत्रफलको धानको कुन्यु आगलागीबाट जलेर पूर्ण रुपमा नष्ट भएको छ।

मध्यराति एकैपटक कुन्युमा आगलागी भएपनि के कारण र कसले लगायो भन्ने एकिन हुन सकेको छैन। कसैले धानको कुन्युमा आगो लगाइदिएको हुनसक्ने आशंका गरिएको छ ।
आगलागीबाट अग्नी शिवाकोटी,पदम शिवाकोटी,बडाराम हेमरम, रामप्रसाद ढकालको धानको कुन्यु पूर्ण रुपमा जलेर नष्ट भएको छ।

आगलागीबाट करिब १२ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । भद्रपुर, बिर्तामोड र मेचीनगरबाट आएका ३ वटा दमकल, हल्दिबारी र जलथल प्रहरी चौकी साथै स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिएका छन्