पत्रकार भण्डारीको घर हात्तीले भत्कायो

image आँखा संवाददाता मङ्गलबार, माघ १० २०७९
image

झापा, माघ १० । पत्रकार सुरेन्द्र भण्डारीको घर हात्तीले भत्काएर क्षति गरेको छ ।पूर्वाञ्चल दैनिकका सहसम्पादक भण्डारीको बाह्रदशी ३ प्रतिभा चोकस्थित मूल घर हात्तीले भत्काएको हो ।

राति १ बजेतिर १४ वटाको संख्यामा आएका हात्तीले आफ्नो टीनको छानो भएको पक्की घर भत्काएको पत्रकार भण्डारीले बताउनुभयो ।

स्थानीयवासी र राजगढबाट प्रहरी आएपछि हात्तीलाई धपाइएको उहाले बताउनुभयो । मूल घर बाह्रदशीमा भएपनि उहा  लक्ष्मीपुरमा बस्दै आउनुभएको छ ।