नक्कली सुनका गहना देखाएर ठगी गर्ने एक पक्राउ

image आँखा संवाददाता शुक्रबार​, पौष २२ २०७९
image

झापा, पुष २२ । नक्कली सुनका गहना देखाएर एक लाख ७० हजार रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा इलामको फाक्फोकथुम ७ घर भई बिर्तामोड ५मा बस्दै आएका शेरबहादुर बराइली रहेका छन् ।

मेचीनगर ९ मा सञ्चालित हनुमान ज्वेलर्समा गजमेरले आफनो नाम थर दिनेश श्रेष्ठ भएको बताउँदै सो ज्वेलर्समा सुनजस्तै देखिने पहेंलो धातुका दुई थान बेरुवा औंठी देखाई झुक्याएर सो रकम ठगी गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

ज्वेलर्सका सञ्चालक रोशनकुमार गजमेरलाई तीन तोला सुन छ भनी बराईलीले ठगी गरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनले पछि लिन आउने भनिएको थप १० हजार रुपैयाँ लिन आएपछि हिजो साँझ ५ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाएको जनाइएको छ ।