इंग्ल्यान्डलाई हराउँदै फ्रान्स सेमिफाइनल

image आँखा संवाददाता शनिबार, मङ्सिर २४ २०७९
image

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । अन्तिम क्वार्टरफाइनलमा साविक विश्वविजेता फ्रान्सले इंग्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारमा स्थान पक्का गरेका छ । 

फ्रान्सले अन्तिम चारमा स्थान बनाएसँगै कतार विश्वकपको अन्तिम चार टोलीको टुंगो लागेको हो । आजको खेलमा पहिलो हाफमा फ्रान्सका लागि १७ औँ मिनेटमा टचमेन्डीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । 

दोस्रो हाफको ५४ औँ मिनेटमा इंग्ल्यान्डले पेनाल्टी पायो, जसमा कप्तान ह्यारी केनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । ७८ औँ मिनेटमा ओलिभर जिरुडको गोलबाट फ्रान्सले पुनः अग्रता बनायो । 

त्यसको केही मिनेटमै इंग्ल्यान्डले पेनाल्टी पाए पनि केन गोल गर्न असफल रहे । उनको प्रहार पोस्टभन्दा माथिबाट गएको थियो । 

कतारमा जारी विश्वकप फुटबलको आजको खेलमा मोरोक्कोसँग १–० गोल अन्तरको हार व्यहोर्दै क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल बाहिरिएको छ ।

तेस्रो क्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध १–० जित निकालेसँगै मोरोक्को अफ्रिका महादेशबाट विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम बनेको छ । 

कतारको अल थुमामा रंगशालामा सम्पन्न खेलको अन्तिम मिनेटमा १० खेलाडीमा समेटिएको मोरोक्कोलाई ऎतिहासिक जित दिलाउन युसेफ एन नेस्रीले निर्णायक गोल गरे ।

अब सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले पहिलोपटक सेमिफाइनल पुगेको मोरोक्कोसँग खेल्नेछ । यता, साविक उपविजेता क्रोएसियाले दुईपटकको विश्वविजेता अजेन्टिनाको सामना गर्नेछ ।