२० लाखको अवैध सामान बरामद

image आँखा संवाददाता शनिबार, पौष ९ २०७९
image

झापा, पुष ९ । भारतबाट नेपालतर्फ ल्याएर बेवारिसे अबस्थामा छाडी राखेको २० लाख मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

शनिवार बिहान ८.३० बजे ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतो र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर ८ खडिया बस्तीस्थित सडक छेउमा रहेको नरबहादुर कुँवरको खाली गाईगोठमा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याई बेवारिसे अवस्थामा छाडी राखेको १९ पोका कपडा र २ पोका गाडीको पार्टस् बरामद गरेको हो ।

अन्दाजी २० लाख मूल्य बराबरको ती सामान बरामद गरी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ