लेखापढी कानुन व्यवसायी एशोसिएसन भद्रपुरको अध्यक्षमा लावण्य पोखरेल निर्वाचित

image आँखा संवाददाता आइतबार​, मङ्सिर २५ २०७९
image


भद्रपुर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति भद्रपुरको १० औं अधिवेशनबाट लावण्यकुमार पोखरेल निर्वाचित भएका छन् ।
निर्वतमान अध्यक्ष लोकनाथ भट्टराईलाई ४६ मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले एक सय ३० मत प्राप्त गरेका थिए भने भट्टराईले ८४ मतमा रोकिनु परेको छ ।
यसैगरी उपाध्यक्षमा एक सय ३२ मतका साथ प्रकाश निरौला निर्वाचित भए भने उनको प्रतिष्पर्धीमा ७७ मत पाएर मुकुन्द पौडेल उपविजेता बन्न पुगेका छन् ।
त्यस्तै  सचिवमा मुरारी न्यौपाने र सहसचिवमा नारायण हजाम निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्ष डिल्लीराम अधिकारी र सहकोषध्यक्ष धनपति फुयाल पनि निर्विरोध निर्वाचित भएका छन् ।
सदस्यहरूमा क्रमशः सुगम सुवेदी (१४८), गंगादेवी भण्डारी (१४७), बसन्त ढकाल (१४२), लक्ष्मीप्रसाद कोइराला (१३७), शिवकुमार समाल (१३१), पानीलाल राजवंशी (१२७) र छविरमण खनाल (१२४) मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।