एमाले प्रदेश-१ ले आइतबार दलको नेता छान्ने

image आँखा सम्वाददाता आइतबार​, पौष १० २०७९
image

विराटनगर । नेकपा एमालेले प्रदेश १ मा आइतबार दलको नेता छान्ने भएको छ । दिउँसो १ बजे नवनिर्वाचित सांसदहरूको बैठक बोलाइएको प्रदेशसभा सदस्य रेवती रमण भण्डारीले बताए ।

प्रदेश सभा सचिवालयले सोमबारका नव निर्वाचित प्रदेश सभाका सदस्यहरूलाई शपथ खुवाउने कार्यसूची तय गरेको छ ।  शपथ अगाडि नै एमालेले संसदीय दलको नेता छान्नका लागि बैठक बोलाएको हो ।

प्रदेश १ संसद्को सबैभन्दा ठूलो दल एमालेका ४० सांसद छन् । प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ जना र समानुपातिकतर्फ १५ जना सांसद जितेको थियो ।

एमाले संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य हिक्मत कार्कीलाई छान्ने सम्भावना रहेको छ । अहिले सम्म एमालेमा दलको नेताका रूपमा हिक्मत बाहेक अरू नेताहरूले औपचारिक घोषणा गरेका छैनन् । हिक्मत कार्कीले भने निर्वाचनकै बेला मुख्यमन्त्रीको रूपमा भोट मागेका थिए ।

उनी ओली निकट कार्की प्रदेश १ सरकारका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री समेत हुन् । उनी झापा क्षेत्र नम्बर ५९१० बाट विजयी भएका हुन् । दलको नेता छान्न सकस नभएको एमालेका नेताहरू बताउँछन् ।

स्थायी कमिटी सदस्य कार्कीले भने भोलि सम्भवत: संसदीय दलको नेता छनौट हुने बताए । उनले भने सहमतिका आधारमा दलको नेता छानिने बताए । उनले अहिले सम्म अरू नेताहरूले खुलेर दलको नेता हुन्छु नभनेको बताए ।