गोरखा फर्केर प्रचण्डविरुद्ध चुनाव लड्ने माधवीको घोषणा

image आँखा सम्वाददाता शनिबार, आश्वीन २२ २०७९
image

काठमाडौं । काठमाडौं -२ माओवादीले पाएपछि गोरखा फर्केर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा माधवी भट्ट पराजुलीले गरेकी छिन्। 

नेपाली कांग्रेसले उनलाई काठमाडौं- २ बाट सिफारिस गरेको थियो । तर भागबण्डाको क्रममा काठमाडौं- २ माओवादीको भागमा परेपछि माधवीले गृहजिल्ला गाेरखा फर्केर अध्यक्ष प्रचण्डविरुद्ध गाेरखा २बाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।

उनले चितवन ३ छाडेर गोरखा २ मा चुनाव लड्ने निर्णय लिएकै दिन उनले प्रचण्डविरुद्ध उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले सामाजिक संजाल फेसबुकमामार्फत आफू प्रचण्ड विरुद्ध चुनाव लड्न तयार भएको उल्लेख गरेकी छन् ।

कांग्रेसको सक्रिय राजनीतिमा रहेकी उनी सत्य निरुपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य समेत हुन्।उनले आफ्ना पिताजीको त्याग तपस्या र बलिदानीबाट बनेको गोरखा कांग्रेसका मतदाताको विश्वास पाउने आशा व्यक्त गरेकी छिन्।