काठमाडौंमा भन्दा झापा र मोरङमा धेरै मतदाता

image आँखा सम्वाददाता शनिबार, आश्वीन १ २०७९
image

आगामी मंसीर ४ गतेको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जनाले मताधिकार प्रयोग गर्न पाउने भएका छन्।

निर्वाचन आयोगका अनुसार, ८८ लाख ४७ हजार ५७९ महिला र ९१ लाख ४० हजार ८०६ पुरुष मतदाता छन्।

७७ जिल्लामध्ये मोरङमा सबैभन्दा बढी मतदाता सात लाख ३५ हजार ५२५ छन्। त्यस्तै, झापामा ६ लाख ६३ हजार ३११ र संघीय राजधानी काठमाडौंमा ६ लाख ५२ हजार १२६ मतदाता रहेको आयोगले जनाएको छ।

जिल्लागत रूपमा मनाङमा सबैभन्दा कम ६ हजार ७७९ मतदाता छन्।

मतदाता र मतदान केन्द्र सम्बन्धी विवरण: