धरानमा जसपाको निर्वाचन लक्षीत अभिमुखिकरण कार्यक्रम

image आँखा सम्वाददाता शनिबार, भाद्र २५ २०७९
image

जनता समाजवादी पार्टी, नेपालको पहिचानमा आधारित राष्ट्रिय समितिले निर्वाचन लक्षीत अभिमुखिकरण कार्यक्रम गरेको छ ।  शुक्रबार धरानको लाङ्घाली सामुदायिक भवनमा आयोजित कार्यक्रममा पार्टीका संघीय परिषद् अध्यक्ष अशोककुमार राई, केन्द्रीय कार्यकारिणी  समिति सदस्यहरु युवराज कार्की, रणध्वज लिम्बु, परशुराम बस्नेत लगायतका नेताहरुले आसन्न निर्वाचनका सम्बन्धमा धारणा राखेका थिए । 
खासगरी पहिचानमा आधारित राष्ट्रिय समितिहरुले निर्वाचनका माध्यमबाट  पहिचानको पक्षमा जनमत तयार गर्ने उद्देश्य अनुरुप अभिमुखिकरण कार्यक्रम गरेको आयोजकले बताएको छ । 
मगरात राष्ट्रिय समितिको पुनर्गठन/भेला सोही उद्देश्यका साथ भाद्र ३० गते नवलपरासीको कावासोतीमा आयोजना हुने भएको छ । 
जसपा, नेपाल शैद्दान्तिक, वैचारिक र सांगठनिक सबै हिसावले वैकल्पिक शक्ति भएको प्रचार विभाग प्रमुख पूणर्बहादुर बस्नेतको दावी छ ।