प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका ज्वाइँ सिफारिस

image आँखा संवाददाता बिहीबार, भाद्र १६ २०७९
image

१६ भदौ, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को ‘क’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारका लागि प्रचण्डका कान्छा ज्वाइँसहित ३ जनाको नाम सिफारिस भएको छ ।

बुधबार बसेको माओवादी केन्द्रको क्षेत्रीय कमिटीले प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारमा जीवन आचार्यसँगै प्रेस सेन्टर प्रदेश १ अध्यक्ष प्रभात घिमिरे विनोद र माओवादी केन्द्र सुन्दरहरैंचा नगर कमिटी अध्यक्ष दुश्यन्त भट्टराईको नाम सिफारिस गरेको हो ।

आचार्य माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । २०७४ को चुनावमा उनी वाम गठबन्धनबाट उम्मेदवार भएका थिए ।

घिमिरे र भट्टराई माओवादी जनयुद्ध लडेका पूर्व लडाकु हुन् । तर प्रचण्डका कान्छी छोरी गंगाका श्रीमान आचार्यले नै टिकट पाउने नेताहरू बताउँछन् । प्रदेश सभामै उठ्ने गरेका उनले कार्यकर्ता भेटघाट गरिरहेका छन् । ‘उम्मेदवार सिफारिसमा जनयुद्ध लडेका कार्यकर्ता पनि सिफारिस भएका छन्,’ बुढीगंगा गाउँपालिकाका एक माओवादी एक नेताले भने, ‘टिकट पाउने प्रचण्डका ज्वाइँले नै हो ।’