सात दिनभित्र कर तिर्न सात क्यासिनोलाई महानगरको ताकेता (सूची)

image आँखा सम्वाददाता सोमबार, भाद्र २० २०७९
image

काठमाडौँ महानगरपालिकाले साता वटा क्यासिनोलाई सात दिनभित्र मनोरञ्जन कर बुझाउन पत्राचार गरेको छ। 
आर्थिक वर्ष २०७५ ०७६ देखि कर नतिरेका क्यासिनोलाई महानगरले पत्रमार्फत ताकेता गरेको हो। महानगरपालिकाको कार्यापालिकाको कार्यालयका प्रमुख शिवराज अधिकारीले भदौ १९ गते क्यासिनोहरूलाई पत्र काटेका हुन्। 
 
सात दिनभित्र जरिवानासहित कर नबुझाउनेलाई काठमाडौँ महानगरपालिकाको राजस्व ऐन, २०७५ बमोजिम सरकारी बाँकी सरह असुल उपर गरिने अधिकारीले जानकारी दिए। 

कर नतिरेका क्यासिनोहरू
१ होटल म्यारियटमा रहेको डेल्टीन क्यासिनो 
२ अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेस 
३ होटल एलफ्टमा रहेको बाल्को क्यासिनो 
४ होटल मल्लमा रहेको बेली क्यासिनो 
५  होटल र्याडिसनमा रहेको क्यासिनो र्याट
६ होटल हायातमा रहेको प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रियसन र 
७ होटल सोल्टीमा रहेको माजोङ् इन्टरटेनमेन्ट