मज्जाको भिडियोमा परदेशको कथा

image अनोज रोक्का शुक्रबार​, आश्वीन १४ २०७९
image

हङकङ : दुई दशक हङकङलाई कर्मथलो बनाएका मज्जाको राईले आफ्नो निर्देशनमा परदेशका पीडा समेटिएको भिडियो सार्वजनिक गरेका छन्। भिडियोमा एउटा खुसी, सुखी परिवार आर्थिक अवस्था कमजोरी भएकै कारण कसरी विदेसिन बाँध्य बन्छ भन्ने कथा प्रस्तुत गरिएको छ।  

कलाकार एलिस राई र रेखा लिम्बूको अभिनयले भिडियोलाई जिवन्त बनाएको छ। भिडियोलाई चमन राईको संयोजनमा किवाहाङ राई र आर्शु श्रेष्ठले खिचेका छन्। अर्जुन पाइजा पुनको रचना र स्वरमा तयार गरिएको गीतलाई कृष्ण लिम्बूले संगीत संयोजन गरेका छन्। 

फोटो, भिडियोग्राफी र पत्रकारिता कर्ममा निरन्तर संघर्षशील राई भिडियोमार्फत आम नेपालीहरूको कथा भन्न चाहेको बताउँछन्। ‘म आफै विदेसिएको छु। पारिवारिक खुसी र आर्थिक अवस्था सुधारकै लागि लामो समयदेखि परिवारबाट टाढा छु। नेपाल आएको बखत आफ्नो कथामार्फत सम्पूर्ण युवायुवतीको कथा भन्ने प्रयास गरेको छु’, उनी भन्छन्, ‘आशा छ सबैले माया गर्नुहुन्छ।’ भिडियोलाई अर्जुन पाइजा पुन युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।