बुद्धशान्तिमा मृत हात्ती फेला

image आँखा संवाददाता शुक्रबार​, आषाढ १७ २०७९
image

झापा,असार १७ । झापाको बुद्धशान्ति –५ आयाबारीमा एउटा हात्ती मृत अबस्थामा भेटिएको छ ।स्थानीय मिना कार्कीको घर पछाडि खेतमा हात्ती मृत अवस्थामा भेटिएको हो ।

हात्ती मर्नुको कारण खुलिसकेको छैन । हाल मृत हात्तीलाई स्थानीय, डिभिजन वन कार्यालयका कर्मचारी र वनरक्षकले सुरक्षा घेरामा राखेका छन्।

हात्ती मर्नुको कारण विज्ञ आएर अध्ययन गरेपछि मात्र थाहा हुने डिभिजन वन कार्यालयका रेन्जर कुलप्रसाद भट्टराईले जानकारी दिए । दाह्रा हेर्दा सो हात्ती किशोर अवस्थाको हुनसक्छ ।