रामेछापमा बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो

image आँखा संवाददाता मङ्गलबार, आषाढ २१ २०७९
image

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका– ५ र खाँडादेवी गाउँपालिका– १ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा नौजनाको घटनास्थलमै र तीनजनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीका अनुसार मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला छन् । मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनामा घाइते भएका २१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रामेछापको हिलेदेखी काठमाडौं आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

ad