कबड्डी खेलाडीलाई सम्मान ,हक्कीलाई विदाई

image आँखा संवाददाता शुक्रबार​, आषाढ २४ २०७९
image

झापा , असार २३ झापा जिल्ला खेलकुद विकास समितिले दुई खेलका खेलाडीलाई सम्मान तथा विदाई गरेको छ ।बिहीबार चन्द्रगढीस्थित समितिको कार्यालयमा भएको एक कार्यक्रमबीच कबड्डीका खलाडीलाई सम्मान तथा हक्कीका खेलाडीलाई विदाई गरिएको हो ।

बिहीबार चन्द्रगढीस्थित समितिको कार्यालयमा भएको एक कार्यक्रमबीच कबड्डीका खलाडीलाई सम्मान तथा हक्कीका खेलाडीलाई विदाई गरिएको हो ।
हालै राजविराजमा सम्पन्न प्रथम राष्ट्रिय आमन्त्रण महिला कबड्डी प्रतियागितामा झापाको टिम दोस्रो भएको थियो । समितिले टिमका प्रशिक्षक ब्रह्मलाल राजवंशीसहित १० जना खेलाडीलाई सम्मान गरेको हो ।

त्यस्तै, असार २४ र २५ गते पोखरामा हुने हक्की प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई समितिले विदाई गरेको थियो ।
पोखरामा हुने इन्डोर महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा भाग लिन १ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै झापाली टोली त्यसतर्फ गएको हो । टिमका सबै खेलाडी झापाका हुन् ।
समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, उपाध्यक्ष गंगा कोइराला भूर्तेल, सदस्यहरु जगन कार्की, गंगा तुम्बापोलगायतले खेलाडीलाई सम्मान तथा विदाई गरेका थिए ।