फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

image आँखा संवाददाता सोमबार, आषाढ २० २०७९
image

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले इन्धनको मूल्य बढाएको हो ।

भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएकाले नेपालमा पनि इन्धनको मूल्य बढाउनुपरेको निगमले जनाएको छ । 

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर ९/९ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।

नयाँ मूल्यसूचीअनुसार अब प्रतिलिटर पेट्रोललाई १८१ रुपैयाँ, डिजेल र मट्टीतेल १७२ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १९० रुपैयाँ पर्ने छ ।खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ ।