बीमा कार्यक्रमलाइ निरन्तरता दिदै ओम साइ पाथीभरा हस्पिटल

image आँखा संवाददाता मङ्गलबार, श्रावण ३ २०७९
image

भद्रपुर । पूर्वका ठुला निजी अस्पतालहरूले धमाधम स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिरहेको अवस्थामा झापा भद्रपुर स्थित ओम साइ पाथीभरा हस्पिटल प्रा लि भने सो कार्यक्रमलाई निरन्तरता दिएको छ ।

हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम नरोकिएको बताएका छ्न । ०७९ साउन १ गते देखि पनि हस्पिटलमा स्वास्थ्य बीमा कार्यक्रम यथावत् सञ्चालन भइरहेको प्रबन्ध निर्देशक पोखरेलले बताए । 

‘स्वास्थ्य बीमा बोर्डले ओम साइ पाथीभरा अस्पतालसँग ५ वर्षको स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने सम्झौता गरेको छ, प्रबन्ध निर्देशक पोखरेलले भने, २ वर्ष मात्र पुगेको छ, सम्झौता भङ्ग गर्ने भन्ने अहिलेसम्म कुनै आधिकारिक पत्र हस्पिटलमा आई पुगेको छैन तसर्थ  स्वास्थ्य बीमा बन्द नभएको  बताएका छन् । 

सरकारले बजेट भाषणमा भने निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालित बीमाको उपचार सेवा रोक्ने भनेको थियो । स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालबाट मात्र गरिने सरकारको योजना छ ।

कतिपय निजी अस्पताल तथा मेडिकल कलेजमा सो सेवा बन्द गरिसकेका छन् ।  झापा दक्षिणी भेगका स्थानीयहरू स्वास्थ्य बीमाबाट उपचार गराउन अस्पताल आउने गरेको पोखरेलको भनाई छ । 
उनले भने ओम साइ पाथिभरा हस्पिटलले स्वास्थ्य बिमा कार्यक्रम  सन्चालन गर्नु पुर्व नयाँ सदस्य र नविकरण गर्ने सदस्यहरु प्रतेक ३ महिनामा १० देखि १२  हजारको हाराहारिमा हुन्थे भने ओम साई पाथीभरा हस्पिटलले स्वास्थ्य बिमा सन्चालनमा ल्याएपछि तीन महिना मा एकैपटक ५५ हजारले स्वास्थ्य  बिमाको नया सदस्य वनि तथा नवीकरण गराई ओम साई पाथिभरा प्रती देखाउनु भएको सम्मान लाई तब सम्मन नीरास हुन दिदैनौ जव सम्मन स्वास्थ्य बिमा बोर्ड बाट सँझौता भँग भएको आधिकारिक पत्र प्राप्त गर्दैनौ ।