काँकडभिट्टादेखि सुनसरी लौकहीसम्मको सडक स्तरीकृत हुने

image आँखा संवाददाता मङ्गलबार, आषाढ २१ २०७९
image

भद्रपुर २०,असार /पूर्व पश्चिम राजमार्गको पूर्वी सीमा काँकडभिट्टादेखि सुनसरी लौकहीसम्मको सडक स्तरीकृत हुने भएकाे छ। ९६ किलोमिटर लामो चार लेनको उक्त सडक खण्डको स्तरीकरणका लागि टेन्डर आह्वान समेत भइसकेको सडक विभागले जनाएको छ।

सो सडक खण्डमा ६ वटा ठूला पक्की सहित साना ठूला गरी ७१ वटा पुल कल्भर्ट निर्माण हुनेछन्। एसियाली हाइवेको स्तरमा बनिने यस सडकको शहरी खण्डमा क्यारिज वे, फुटपाथ तथा साइकल लेन हुनेछन् भने बन क्षेत्रमा जंगली जनावरको आवतजावतका लागि वन्यजन्तु मैत्री क्रसिङ ब्रिज, ड्रेनेज, स्लोप प्रोटेक्सन तथा अफ रोड सेफ्टी पनि निर्माण गर्ने तयारी छ। 

सो कार्यका लागि एसियाली विकास बैङ्कबाट ३८  अर्ब ऋण लिइनेछ भने बाँकी रकम नेपाल सरकारले व्यहोर्ने छ। 

हाल कायम रहेको सडकको वीच भागबाट २५ /२५ मिटर सम्मको क्षेत्रलाई समेटेर निर्माण गरिने सडको साइड खण्ड र पुल कल्भर्टका लागि ५ वर्ष र स्तरीय सडक अरू ३ वर्ष सहित जम्मा ८ वर्षमा सम्पन्न हुने छ। सम्झौता भएको मितिदेखि यो अवध लागू हुने आयोजना प्रमुख सुनिलवाबू ढकालले बताउनुभएको छ।

ad