भद्रपुर भेट्रान क्लवका खेलाडीहरुलाइ ट्रयाक सुट प्रदान

image आँखा शनिबार, जेष्ठ २१ २०७९
image

भद्रपुर, २१ जेष्ठ । भद्रपुर भेट्रान  क्लवका खेलाडीहरुलाइ विर्तामोड निवासी घनश्याम अग्रवालले ट्रयाक सुट प्रदान गर्नुभएको छ । क्लवमा आवद्ध पूर्व खेलाडीहरुलाइ करिव ४० हजार मूल्य वरावरको १८ थान ट्याक सुट प्रदान गरीएको हो ।

क्लवका अध्यक्ष ख्याम पोखरेलको अध्यक्षता तथा भद्रपर वडा न. ५ का वडा अध्यक्ष वन्धु कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व राष्टिय खेलाडी गम्भीर राइले कार्यक्रमको औचित्वमा माथी प्रकाश पार्नुभएको थियो । संक्षिप्त रुपमा गरीएको कार्यक्रममा खेल सामाग्रि प्रदान गरिदिनुभएकोमा क्लवका अध्यक्ष पोखरेलले दाता अग्रवाललाइ धन्यवाद दिनुभएको थियो ।  

कार्यक्रमा पूर्व खेलाडी तथा वडा न ८ का वडाअध्यक्ष गौरव सुव्वा मनोज लगायतको उपस्थिती रहेको थियो ।