गौरादहमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

image आँखा सोमबार, जेष्ठ ३० २०७९
image

झापा , जेठ ३० । आज साँझ गौरादहमा ट्याक्टरको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

साँझ ५ बजेतिर गौरादह १ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नं.को ट्याक्टरले सोही ठाउँका रामप्रसाद अधिकारीका ९ वर्षिय छोरा गौरव अधिकारीलाई ठक्कर दिएको थियो । घाईते बालकलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा साँझ ५.४० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक कमल १ बस्ने २६ वर्षिय बिनोद चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।