एक्सेल डेभलपमेन्ट बैंकको विराटनगर शाखा स्थानान्तरण

image आँखा मङ्गलबार, जेष्ठ २४ २०७९
image

झापा , जेठ २४ । विराटनगर महानगरपालिका वडा नंं ७ शनिमन्दिर चोकस्थित एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको शाखा स्थानान्तरण भएको छ ।

सो शाखा उक्त स्थानबाट करीव १०० मिटर दक्षिणतर्फ धरान—विराटनगर रोडको पश्चिम दिशामा सारिएको हो । मंगलबार शाखा स्थानान्तरण कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र बैंकका संचालक सुष्मा शर्मा वस्तीले संयुक्त रुपमा गरे ।

यस बैंकको हालसम्म लगानीमा रहिरहेको कर्जा लगभग रु १० अर्व ५८ करोड रहेको छ भने निक्षेप संकलन लगभग रु ११ अर्व २७ करोड गरेको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, पॉचथर र सुनसरीका विभिन्न ४३ स्थानमा आफ्ना शाखा कार्यालयमार्फत ग्राहकहरुसमक्ष बैंकि¨ सेवा प्रदान गरिरहेको छ भने यसै महिनाभित्रमा मोरङको पथरीमा थप नयाँ शाखा संचालनमा आउने र आगामी दिनमा १ नम्बर प्रदेशभर आफ्नो कार्यसंजाल वृद्धि गर्ने उद्धेश्यका साथ पु‘जीवृद्धि योजना अघि बढाएको छ ।

एक्सेल डेभलपमेन्ट बैंकका संचालक सुष्मा शर्मा वस्तीको अध्यक्षतामा सम्पन्न शाखा स्थानान्तरण कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले स्वागत मन्तव्य राखेका थिए ।

प्रमुख कार्यकारी अधिकृत डा। ईन्द्रकुमार कट्टेलले बैंकको वर्तमान गतिविधिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा प्रमुख अतिथि मोरङ व्यापार संघका अध्यक्ष रिजाल, बैंकका संस्थापक शेयरधनी डा।रुपकप्रसाद खनाल, उद्योगी–व्यवसायी श्यामप्रसाद पौडेललगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले गरेका थिए ।

ad