एकीकृत समाजवादीका मन्त्री सहित १० सांसदका सात असहमति (पत्रसहित)

image आँखा संवाददाता शनिबार, आषाढ ११ २०७९
image

उनीहरूले अध्यक्ष नेपाललाई संसदीय दलको बैठक बोलाउन आग्रह गरेका छन्। उनीहरूले पत्रमा भनेका छन्, ‘तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।’

उनीहरूले पठाएको ‘ध्यानाकर्षण पत्र’ मार्फत एकीकृत समाजवादीका सांसदको पनि ध्यानाकर्षण गराएका छन्। उनीहरूले पत्रमा पार्टीले पटक पटक फिर्ता बोलाउने विषय झिकेर ‘अपराधीलाई जस्तो व्यवहार’ गरेको पनि गुनासो गरेका छन्।

सात असहमति

१) आगामी आव २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न।

२) पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठीक मान्न सकिंदैन।

३) स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकाले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरूसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक पटक आजै/भोलि नयाँ मन्त्रीहरूलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न।

४) मन्त्रीहरूले संसद्‌मा बजेट सम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएर बजेट पास भएपछि छोड्नेछौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं।

५) प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित छ। यसप्रति हामी गम्भीर असहमत छौं।

६) पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुई जना एकै पटक मन्त्रीमा सिफारिश गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं।

७) मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पूरै फिर्ता र नयाँ टीम सन्तुलित र समावेशी सिद्धान्तका आधारमा सिफारिश गर्न जोडदार माग गर्दछौं।