कविता - खुसी

image अमृता खरेल  सोमबार, जेष्ठ ३० २०७९
image

 

किनारमा उभिएर 

जीवनका गतिहरुलाई हेरेँ ।

बेढङ्गका आफ्ना चालहरुलाई हेरेँ।

पानीका छालहरुलाई हेरेँ।

अनि 

हेरेँ ,

निलो आकाश 

मैले टेकेको धर्ती 

पछि सोधेँ,

 आफैँले आफूलाई 

यो सिङ्गो ब्रमाण्डमा भएका 

सबै मान्छे यी

खुल्ला आकासमा

 उड्ने पन्छी जस्तै 

आफ्नो जिन्दगीमा खुसी छन्  ?

अमृता खरेल झापा

ad