जीवन ज्योतीको दुई कोठे भवन शिलान्यास

image राजु बराल बुधबार, जेष्ठ १८ २०७९
image

१८ जेठ , चन्द्रगढी । झापाको भद्रपुर ९ स्थित जीवन ज्योती आधारभुत बिध्यालयको दुई कोठे भवनको बुधबार शिलान्यास भएको छ ।
भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणी मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सो भवनको शिलान्यास गर्नु भएको हो ।
उक्त दुई कोठे भवनको कुल लागत  ४४ लाख ९९ हजार ७३७ रुपैया ३० पैसामा ३६ लाख रुपैया रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बजेट बिनियोजित भएको र बाकी रकम जनसहभागिताबाट जुटाइ भवन निर्माण सम्पन्न गरिने भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष चुडामणी मैनालीले बताउनु भयो ।
बिध्यालयका प्रधानाध्यापक निर्मला पौडेल अधिकारीको सन्चालनमा सम्पन भवन शिलान्यास कार्यक्रममा भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल र वडा न . ९ का वडाधक्ष्य राम दाहालले शुभकामना मन्तब्य राख्नु भएको थियो ।